चन्द्रागिरीमा नेपाल बेस्ट म्युजिक अवार्ड, क-कसले पाए ?

पाेखरा न्यूज । सोमबार काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१ सम्पन्न भएको छ ।

अवार्डको पहिलो संस्करणमा फिल्म तथा गीतसंगीत क्षेत्रका कलाकर्मीको बाक्लो उपस्थिति थियो । श्री तुलसी मिडियाले अवार्ड आयोजना गरेको हो ।

चलचित्र निर्देशक समाजका महासचिव तथा निर्देशक जनकदीप पराजुली, संगीतकार राहुल प्रधान र गायक सुमन शेखर मानन्धर निर्णायक रहेको अवार्डमा गीतसंगीत क्षेत्रको विभिन्न ३५ विधामा अवार्ड, जुरी अवार्ड र पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा लोकगायक घमेश दुलाल, बद्रि पंगेनी, एलिना चौहानलगायतले गीत गाएर माहोल तताउनु भएकाे थियाे । कमेडी च्याम्पियन-२ बाट उदाउनु भएका कमेडियन सुन्दर खनालले हाँस्य प्रस्तुति दिनुभएकाे थियाे ।

लामो समय चलचित्र पत्रकारिता गरिरहनु भएका पत्रकार लक्ष्मण सुवेदीलाई छापामाध्यम, कुवेर गिरीलाई अनलाइन मिडिया तथा रमेश बस्नेतलाई रेडियो पत्रकारितातर्फबाट नगद राशिसहित पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष नवराज भण्डारीले नेपाली गीतसंगीतको विकासमा नेपाल बेस्ट म्युजिक अवार्ड बेस्ट सिद्ध हुने विश्वास व्यक्त गर्नुभयाे । करिब तीन घन्टा चलेको अवार्ड प्रदान समारोहको उद्घोषण नरेश भट्टराईले गर्नुभएकाे थियाे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, चलचित्र विकास बोर्डका पूर्वअध्यक्षद्वय कृष्ण मल्ल र राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक मिलन चाम्स, अभिनेत्री शर्मिला मल्ल, पूजा शर्मा, आँचल शर्मा, लक्ष्मी बर्देवा, गायिका एलिना चौहान, मोडेल अञ्जली अधिकारी, सुधीर श्रेष्ठ, गायक प्रकाश सपुत, दुर्गेश थापा, बद्रि पंगेनीलगायत उपस्थित हुनुहुन्थ्याे ।

नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१ का विधा र विजेता

१. बेस्ट भिडियो निर्देशक – विधान कार्की (नबोली नबोली)
२. बेस्ट कोरियोग्राफर – सन्तोष राजबाहक (पहिलो माया)
३. बेस्ट भिडियो सम्पादक – ध्रुवराज पराजुली ‘प्रज्वलित’
४. बेस्ट सिनेम्याटोग्राफर – नवराज उप्रेती (फुटेका चुरा)
५. बेस्ट लोक गायक – युवराज मगर (गोरखपुरे रेल)
६. बेस्ट लोक गायिका – अनिता चलाउने (फुटेका चुरा)
७. बेस्ट लोकगीत कम्पोजर – प्रभावन जे (माछी भुल्यो)
८. बेस्ट मोडल लोक फिमेल – अञ्जली अधिकारी (उखु गुलियो)
९. बेस्ट मोडल लोक मेल – महेन्द्र गौतम (निष्ठुरे)
१०.बेस्ट रचना लोक – गणेश चौलागाईं (मायाको झन्डा)
११. बेस्ट रचना पप – सिन्चुरी सुरेश घमाल (सँगैको साथी)
१२. बेस्ट पप सिंगर मेल – राहुल रक्स (तिमी रिसाउँदा)
१३..बेस्ट पप सिंगर फिमेल – रानी शाक्य (सालघारी
१४. बेस्ट पप कम्पोज – नागेन्द्र श्रेष्ठ (तिमि बिना)
१५. बेस्ट पप मोडल मेल – सुधिर श्रेष्ठ (भन के गरम)
१६. बेस्ट पप मोडल फिमेल – रेविका गुरुङ (बाटोको काँडा)
१७. बेस्ट प्ले ब्याक सिंगर मेल – प्रताप दास (हर युग होस् प्रेमगीत)
१८. बेस्ट प्ले ब्याक सिंगर फिमेल – प्रविशा अधिकारी (हर युग होस् प्रेमगीत)
१९. बेस्ट कम्पोजर फिल्म – अर्जुन पोखरेल (तिम्रो घरको वरिपरि)
२०. न्यु फेस सिंगर फिमेल – अस्मिता परियार (आकाशैको)
२१. न्यु फेस सिंगर मेल – दुर्गा बिसी (झ्यालैमा)
२२. डेब्यु मोडल मेल – डिमन क्षेत्री (तिमि रिसाउँदा)
२३. डेब्यु मोडल फिमेल – प्राची लामा (तिमि यति राम्री किन)
२४. बेस्ट गायक आधुनिक मेल – युवराज चौलागाईं (देउता भाकी)
२५ बेस्ट गायिका आधुनिक फिमेल – समीक्षा अधिकारी (नबोली नबोली)
२६. बेस्ट मोडल आधुनिक मेल – दुर्गेश थापा (बहुला २)
२७. बेस्ट मोडल आधुनिक फिमेल – पूजा शर्मा (पुरानो घाउ)
२८.बेस्ट कम्पोज आधुनिक – सुभाष भुषाल (दोबाटोमा चौतारी)
२९. बेस्ट लिरिक्स आधुनिक – उषा केसी पोखरेल (पैसा पैसा)
३०.बेस्ट गीत – विमल डाँगी सरिता डाँगी
३१ पपुलर सिंगर मेल – प्रकाश सपुत (फुटेका चुरा)
३२. पपुलर सिंगर फिमेल – मिलन नेवार (फुलबुट्टे सारी)
३३. पपुलर म्युजिक कम्पोजर – राजनराज शिवाकोटी (फुलबुट्टे सारी)
३४. पपुलर मोडल मेल – पल शाह (फुलबुट्टे सारी)
३५. पपुलर मोडल फिमेल– लक्ष्मी बर्देवा (जेल पनि सहुँला)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button