स्याङजामा मोटरसाइकल चोरीमा संलग्न ४ पक्राउ

पोखरा न्यूज । स्याङजा प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

सात वटा मोटरसाइकल तथा दुई वटा स्कुटर चोरीमा संलग्न स्याङजा भिरकोट २ का २० वर्षीय ज्ञान बहादुर गुरुङ र २० वर्षकै विप्लव श्रेष्ठ तथा रुपन्देही बुटवल उपमहानगरपालिका ११ का २८ वर्षीय प्रकाश सिन्धुली (सार्की) र वडा नं. १२ का ३४ वर्षीय विष्णु बहादुर नेपाली पक्राउ परेको स्याङजा प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको कमाण्डमा खटिएको टोलीले विभिन्न मितिमा चोरी भएका मोटरसाइकल तथा स्कुटरको खोजतलास गर्ने क्रममा भिन्न भिन्न कम्पनीका सवारीसाधनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरू उपर स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button