साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

पाेखरा न्यूज । अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गर्नुभएकाे हाे ।

नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापर्नुभएकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिनु भएकाे छ । डान्सिङ ट्रयाक ‘माया पिरेम’ मा अभिनय गरेबापत उहाँले करिब पाँच लाख रुपैयाँ लिएको चर्चा छ । यो उहाँको पहिलो व्यावसायिक म्युजिक भिडियो हो । उहाँ टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउनु हुन्छ ।

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिनुभएकाे छ ।

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन माइकल चन्दले गर्नुभएकाे छ । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button