कास्की कांग्रेसकाे जिल्ला अधिवेशन अन्तिम समयमा स्थगित

पाेखरा न्यूज । दशैँअघि हुने भनिएको नेपाली कांग्रेस कास्कीकाे जिल्ला अधिवेशन अन्तिम समयमा स्थगित भएकाे छ । गण्डकीमा तीनवटा जिल्लामा मात्रै पार्टीकाे जिल्ला अधिवेशन सकिएको छ । हिमाली जिल्ला गोरखा, मनाङ र मुस्ताङमा सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।

गण्डकीमा आठ जिल्लाको अधिवेशन बाँकी छ । प्रदेश राजधानी रहेको कास्कीमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष कम्जाेर छ । कास्कीमा पार्टी नेता रामचन्द्र पौडेल पक्ष बलियाे देखिन्छ । यसपालिको अधिवेशनमा देउवा र पाैडेल बाहेक अन्य पक्षका उम्मेदवार पनि आकांक्षी देखिएका छन् । देउवा पक्षका किशोरदत्त बरालले उम्मेदवारी घोषणा गरिसक्नुभएकाे छ । उहाँ हाल नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुनुहुन्छ ।

पौडेल पक्षबाट हालका उपसभापति आइबहादुर गुरुङ र क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्मा आकांक्षी हुनुहुन्छ । शर्मा यसअघि पनि जिल्ला सभापतिको दावेदार भएपनि अन्तिम समयमा उहाँले शुक्रराज शर्मालाई समर्थन गर्दै क्षेत्रीय सभापतिमा झर्नुभएकाे हाे । अघिल्लो महाधिवेशनमा स्वतन्त्र रुपमा केन्द्रीय कोषाध्यक्षको उम्मेदवारी दिएर चर्चा कमाउनु भएका कृष्ण कार्की यो पटक जिल्ला सभापति लड्ने तयारीमा हुनुहुन्छ । उहाँ तत्कालीन समयमा कोइराला क्याम्पमा भएपनि तर पछिल्लो समय देउवातिर ढल्किएको श्रोत बताउँछ ।

सिटौला क्याम्पबाट शेखर कोइरालातिर लाग्नुभएका हालका सचिव सुदिपमोहन भट्टराई पनि सभापतिको उम्मेदवार हुनुहुन्छ । महाधिवेशनको मिति तोक्नु अघि नै उहाँले उम्मेदवारी दिने बताइसक्नु भएकाे थियाे । तरुण दल कास्कीका अध्यक्ष तथा देउवानिकट मनोज गुरुङले सुरुमा उम्मेदवारी दिने बताएपनि अहिले पछि हट्नुभएकाे छ । तर उम्मेदवारी दिने नदिने अन्तिम निर्णय भने लिनु भएकाे छैन ।

यो अधिवेशनमा व्यक्ति गुटगत भएपनि उम्मेदवार गुटको प्रतिनिधित्व बिना बन्ने देखिएको छ । त्यसो त सभापतिका उम्मेदवारहरू आफ्नो प्यानलका उम्मेदवार खोजी गरिरहेका छन् । पोखरा महानगरमा ६ जना सभापतिको उम्मेदवार बनेकोमा एक जना बाहेक सबै पौडेल पक्षका हुनुहुन्थ्याे । पालिकामा पनि देउवा प्यानल विजयी भएन् । पाँच पालिकामध्ये दुई वटामा सर्वसम्मत नेतृत्व चयन भएकाे थियो ।

कास्कीमा पूर्वमन्त्री यज्ञ थापा, पार्टी सभापति कृष्ण केसी, पुराना नेता शुक्रराज शर्माको आ-आफ्नै गुट छ । वौद्धिक मानिनु हुने नेता देबराज चालिसेले पनि गुट विस्तार गर्नुभएकाे छ । केन्द्रको भन्दा जिल्लास्तरीय नेताको गुटको प्रतिनिधित्व भने चुनावमा देखिने पक्का जस्तै छ । देउवा पक्ष पौडेलतिरका उम्मेदवार धेरै बनाएर आफू जित्ने दाउमा छ । तर महानगरमा पौडेल पक्षका उम्मेदवार धेरै भएपनि देउवा पक्षका गंगाधर पराजुलीले जित्नसक्नु भएन । यद्दपी उहाँ अन्तिम समयसम्म पनि आफू गुटको उम्मेदवार नभएको बताइरहनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button