कास्कीगण्डकीमुख्य खबरराजनीतिसमाचार

गण्डकी साक्षर प्रदेश घोषणा, प्रम देउवाले भने- प्रजातन्त्र मास्ने सपना नदेखे हुन्छ

पाेखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताउनु भएकाे छ । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार उहाँले भन्नुभयाे, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो । यसको विकल्प अरु हुन सक्दैन ।’

नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उहाँले निर्वाचनले त्यसको परिणाम देखाउने बताउनु भयाे ।

‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठीक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उहाँले भन्नुभयाे । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयाे । ‘अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । विकास निर्माणका काम अगाडी बढाउनु छ । मलाई विश्वास छ, यो पूरा हुन्छ,’ उहाँले थप्नुभयाे ।

उहाँले कोभिड नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको दाबी गर्नुभयाे । ‘अहिले नेपाल कोभिडको महामारीबाट अझैपनि कठिन समय बिताइरहेको छ । तर हाम्रो व्यवस्थापनप्रति खुसी भएर अन्तराष्ट्रिय जगतले, विशेषतः विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद र बधाई दिएको छ,’ उहाँले भन्नुयाे, ‘नेपाल सरकारले पनि रातदिन काम गरिरहेको छ । नेपालले कन्ट्रोल गरेका कारण अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको हो । यो महत्वपूर्ण उपलब्धिको रूपमा हामीले लिएका छौं ।’

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments
Back to top button
0
Would love your thoughts, please comment.x
()
x