साउथमा बलिउड अभिनेत्रीको आकर्षण !

पाेखरा न्यूज । केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । विक्रम अभिनित आई, रजनीकान्त अभिनित रोबर्ट, प्रभास अभिनित बाहुबली, यश अभिनित केजीएफलगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो ।

यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा नै सुरु भयो । बलिउडमा साउथका भइरहेका रीमेकभन्दा पनि साउथकै फिल्महरू डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन बढ्यो ।

यसका साथै केही समययता बलिउड सुन्दरीहरू समेत साउथ इन्डियन फिल्ममा आकर्षित छन् । साउथ फिल्मका सुन्दरीहरू रश्मिका मन्दना, सामन्था, नयनतारा, कृति सुरेश बलिउड फिल्ममा देखिने तयारी भइरहँदा केही बलिउडका अभिनेत्रीहरू साउथ फिल्ममा देखिँदै हुनुहुन्छ ।

पछिल्लो समय बलिउडमा फिल्म निर्माण गरिरहेका प्रोडक्सन हाउसहरू साउथ इन्डियन फिल्ममा लगानीकर्ताको रूपमा साझेदारी गर्ने क्रम बढेपछि बलिउड सुन्दरीहरू पनि साउथ फिल्ममा बढ्दो छन् ।

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’मार्फत स्टार बन्नुभयाे यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहनु भएका यशले रिलिजपछि फ्लोअर्स बढाउन सफल हुनुभयाे । फिल्ममार्फत उहाँको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरूले सार्वजनिक टिजर मन पराइसकेका छन् । फिल्म आउँदो अप्रिलमा रिलिज हुने तयारीमा छ ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनु हुनेछन् भने उहाँले एक्सनमा नयाँ स्ट्न्ड गर्नुहुनेछ । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनुहुनेछ । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनुहुनेछ । उहाँले भिलेनको भूमिका निर्वाह गर्नुहुनेछ । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ । फिल्ममा रविना टन्डन पनि हुनुहुन्छ । यसमा उहाँले रामिका सेनको भूमिका निर्वाह गर्नुभएकाेछ । यो उहाँको कन्नड फिल्ममा डेब्यु हो ।

करीना कपूर खान पनि साउथ फिल्ममा डेब्यु गर्ने हुनुभएकाे छ । उहाँले कवीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने फिल्म ’स्प्रिट’मार्फत साउथमा डेब्यु गर्दैहुनुहुन्छ । फिल्ममा उहाँको को–स्टार प्रभास हुनुहुनेछ । प्रभास पछिल्लो समय साउथ फिल्मका सुपरस्टार हुनुहुन्छ । बाहुबली सिरिज पश्चात उहाँको फ्यान फ्लोअर्स निकै बढेको छ ।

यस्तै, प्रभासलाई बाहुबली बनाउने निर्देशक एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको फिल्म ’आरआरआर’मार्फत अलिया भट्टले पनि साउथ फिल्ममा डेब्यु गर्दैहुनुहुन्छ । फिल्ममा जुनिएर एन्टीआर, राम चरण, अजय देवगन लगायतको अभिनय रहनेछ । निर्देशक राजमौलीले अप्रोच गरेकै कारण आलिया साउथ फिल्ममा तेलुगु सिकेर नै डेब्यु गर्नुभएकाे हाे ।

निर्देशक नाग आश्विनले निर्देशन गर्ने भनिएको फिल्ममा प्रभासको जोडी बन्नुभएकाे छ, दीपिका पादुकोण । यो उहाँको साउथ फिल्ममा डेब्यु हो । तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने साइन्स फिक्सन फिल्मलाई लिएर दर्शक पनि उत्तिकै उत्साहित छन् । फिल्ममा अमिताभ बच्चनको अभिनय पनि रहनेछ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

बलिउडमा पछिल्लो समय ’परम सुन्दरी’को ट्याग पाउनुभएकी एक्ट्रेस कृति सेनन पनि साउथ फिल्ममा डेब्यु गर्दैहुनुहुन्छ । उहाँले पनि दीपिकाझैँ स्टार प्रभाससँग जोडी बनेर डेब्यु गर्न लाग्नुभएकाे हाे । ‘तान्हाजी’ फिल्म निर्देशन गर्नुभएका ओम राउतको निर्देशनमा तयार हुने फिल्म ’आदिपुरुष’मा कृति सेनन देखिनुहुनेछ ।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । पाँच सय करोडको बजेटमा बन्ने भनिएको फिल्मको २५० करोड रुपैयाँ त केवल भिएफएक्समा मात्र खर्च हुने भएको छ । निर्माण पक्षले देखाउनु पर्ने दृश्यको क्यालकुलेट गरेपछि यस्तो बजेट देखिएको हो ।

रोबर्टमा काम गरेर साउथ फिल्ममा अभिनय गरिसक्नुभएकी विश्व सुन्दरी ऐश्वर्या राय बच्चन पुनः साउथ फिल्ममा देखिने हुनुभएकाे छ । निर्देशक मणिरत्नमको एक प्रोजेक्टमा उहाँको जोडी विक्रमसँग बाधिनेछ । यस्तै, बलिउड सुन्दरी अनन्या पाण्डे पनि पुरी जगन्नाथ निर्देशित फिल्म ’लाइगर’ मा देखिँदैहुनुहुन्छ । फिल्ममा साउथ इन्डिया अभिनेता विजय देवरकोण्डाको अभिनय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button