अनमोल केसीको अनप्रोफेसनल व्यवहार

पाेखरा न्यूज । अनमोल केसी कलिउडका महँगा अभिनेतामध्येका एक हुनुहुन्छ । उहाँकाे पारिश्रमिकको पनि चर्चा हुने गर्छ । ‘होस्टेल’ बाट उदाउनु भएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाउनु भयाे । केही फिल्मलाई बिर्सिने हो भने उहाँले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन ।

उहाँले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । अनमोलले केहि निर्मातालाई फिल्म गर्ने सहमति गरेर पनि फिल्म छाड्नुभएकाे छ ।

ग्याङस्टर ब्लुज

निर्देशक हेमराज विसीसँग होस्टेल, जेरी र गाजलुमा काम गरिसक्नुभएका अनमोलको सम्बन्ध ‘ग्याङस्टर ब्लुज’मा आएर बिग्रियाे । याे फिल्मका लागि उहाँले लुक्स पनि बनाइरहनु भएकाे थियाे । तर घोषणा हुने समयमा आशिरमान डिएस जोशीको इन्ट्री फिल्ममा भयो । फिल्मनगरीमा यी दुईको बीचमा पारिश्रमिकको कुरा नमिल्दा फिल्ममा सहकार्य नहुन सकेको चर्चा चलेको थियो ।

ब्याचलर बन्टी

मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘ब्याचलर बन्टी’ पनि अनमोलले अन्तिम समयमा छाड्नुभएकाे थियाे । उहाँले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै अन्तिम समयमा आएर ‘ब्याचलर बन्टी’ बाट हात झिक्नुभएकाे थियाे । हिरोइनसमेत फाइनल भएको अवस्थामा उहाँले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लगानी गुमाउनु भएकाे थियाे । कारण स्क्रिप्ट देखाए पनि आपसी समझदारी नहुँदा सहकार्य हुन सकेन । निर्देशक चाम्स र अनमोलबीचकाे मतभेदले फिल्म नै बन्न सकेन ।

धुपौरे

‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गर्नुभएका अनमोलले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिनुभयाे । फ्लोरमा जान अन्तिम तयारी भइरहँदा स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले अस्वीकार गर्नुभएकाे थियाे । फिल्ममा आफ्नाे खर्चसमेत भइसकेकाे भन्दै निर्माण पक्षले महानगरीय प्रहरी परिसरमा ‘झुक्याई रकम लिएको’ कसुरमा उजुरीसमेत दिएकाे थियाे । यद्यपि याे विवाद साम्य भयाे ।

निर्देशक साम्तेन भुटियाले फिल्म अझै बनाउन सक्नुभएकाे छैन । प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्ममा अभिनय गर्ने /नगर्ने निर्णय गर्छन्। तर अनमोलको व्यवहार ठीक उल्टो छ । त्यसैले कलिउडमा अनमोललाई अनप्रोफेसनल कलाकारका रुपमा चिनाउन थालेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button