जब केपी ओलीले आँखाको इसारामा कलाकार विल्सनविक्रमलाई भने …

पाेखरा न्यूज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा हुनुहुन्छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिनु भयाे । भद्रपुरमा उहाँको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान ।

त्यसमाथि ओलीले पनि रुचाउनु भएका एवं गृहजिल्लाबासी कलाकार । भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोध्नु भयाे कता हो ? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भन्नुभयाे । ओलीले हुँदैन यतै रोकिन भन्नुभयाे इशारामै । विल्सनले ‘म जान लागेको हुँदैन’? भन्नुभयाे आँखाको इशारामै ।

ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिनुभयाे । ओलीलाई विल्सन रोकिनु हाेला जस्तो लागेको थिएन ।

तर एकैपटक भद्रपुर-१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि ओलीले सोध्नुभयाे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो ?

यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भन्नुभएकाे हाे । बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आउनु भएका विल्सनले ओलीलाई हसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराउनु भयाे ।

लिम्बुको छोराे, नेम्वाङको भाञ्जा भन्दै उहाँले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो (नमस्ते) भन्नुभयाे । अनि ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने बताउनु भयाे। ओलीको आग्रहमा आफूले काठमाडौंको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उहाँले सुनाउनु भयाे ।

उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाउनु भएकाे थियाे । उहाँको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख हुनुहुन्थ्याे । विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै हुनुहुन्थ्याे । ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिनु भएकाे थियाे ।

कार्यक्रममा काठमाडौंका कलाकार राजा रानेन्द्र र गायिका पूर्णकला बिसी पनि पुग्नुभएकाे थियाे । उहाँहरुले पनि आ-आफ्नो प्रस्तुति दिनुभएकाे थियाे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button