९४ तोला चाँदीसहित एक जना पक्राउ

पाेखरा न्यूज । ९४ तोला चाँदी सहित एक जनालाई मोरङकाे रतुवामाई नगरपालिका ३ छालगाछीबाट प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

मंगलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button