कास्की र तनहुँमा १० जना फरार प्रतिवादी पक्राउ

पाेखरा न्यूज । प्रहरीले कास्की र तनहुँमा गरी १० जना फरार प्रतिवादीहरु पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र तनहुँको प्रहरी टोलीले साेमबार मंगलबार र बुधबार गरी १० जना फरार प्रतिवादीहरु पक्राउ गरेको हाे ।

विभिन्न कसुरमा मुद्दा दर्ता भई अनुसन्धान पश्चात अदालतबाट कैद
सजाय तोकिएका उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी
टोलीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जनाएकाे छ ।

पक्राउ परेका १० जना मध्ये जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना र तनहुँले ३ जना छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button