बलात्कारकाे अभियाेगमा बाग्लुङमा एक युवक पक्राउ

पाेखरा न्यूज । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाग्लुङमा एक युवकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कैलालीकाे जोशीपुर  १ घर भइ हाल बागलुङ नगरपालिका बस्ने २६ वर्षीय पुरुष छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे ।

युवकले कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडित महिले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिनु भएकाे थियाे । आरोपित युवकलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button