अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा युवक पक्राउ

पाेखरा न्यूज । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा  काठमाडौंमा एक युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका-३ घर भइ गोकर्णेश्वर-८ बस्ने   २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापाकाे बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।

पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

फरार अन्य २ जनाको खोजी गर्नुका साथै साे घटनाबारे  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button