पाेखरामा तास खेलिरहेका ७ जना नगदसहित पक्राउ

पाेखरा न्यूज । पाेखरामा तास खेलिरहेकाे अवस्थामा नगद र ताससहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

कास्कीकाे पोखरा १४ बिपि मार्गमा डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ९ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसबारेमा थप प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button