अदालत प्रवेश रोक्ने बारको घोषणालगत्तै बाहिरिए प्रधानन्यायाधीश

पाेखरा न्यूज । राजीनामाको दवाव झेलिरहनु भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिनुभएकाे छ । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आउनु भएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिनु भएकाे हाे ।

शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके भन्दै भोलि शुक्रबारबाट अदालत प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गर्नुभएकाे थियाे ।

जबरा अदालतबाट बाहिरिएपनि सर्वोच्च अदालतका न्यायाधीशहरू भने बुधबार पनि आन्तरिक छलफलमा जुट्नुभएकाे छ । जबराले बुधवारका लागि नौवटा इजलास गठन गर्दै १७७ वटा मुद्दा सुनुवाइका लागि पेसी तोक्नुभएकाे थियाे ।

तर न्यायाधीशहरू भने जबरासँग बेन्च सेयरिङ नगर्ने, बन्दीप्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने अडानमा कायम छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button