तीन प्रदेश प्रमुखले लिए शपथ

पाेखरा न्यूज । नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिनु भएकाे हाे ।

सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएकाे थियाे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button