राष्ट्रिय सभा र रिक्त पदको चुनावमा एमाले ‘क्लिन स्वीप’ : अध्यक्ष नेपाल

एमाले अध्यक्ष ओली आफै ठेगान लागिसेकेको भनाई

पोखरा न्यूज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने बताउनुभएको छ ।  बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गर्नुभएको हो ।

उहाँले  एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागिसेकेको समेत बताउनुभएको छ  ।  समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको उहाँले बताउनुभएको हो ।

अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिनुभएको छ  । ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहेक केही नभएको भन्दै  उहाँले   प्रतिक्रिया दिनुभयो  ।

उहाँले  उच्च स्तरीय राजनीति संयन्त्र काम गर्नका लागि बनाइएको बताउनुभएको छ  । प्रतिपक्षी एमालेले विरोध गरिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले  राम्रो नदेख्ने संस्कार भएकाले विरोध गर्ने गरेको प्रतिक्रिया दिनुभएको हो  । ‘गठबन्धन फुट्छ भन्ने हल्ला फिँजाइएको छ,’ नेपालले भन्नुभयो, ‘यो संयन्त्रले त्यसलाई पनि दरिलो बनाउँछ ।’

आफ्नो पाटीको लहर देखेर अरू शक्ति आत्तिएको समेत उहाँले बताउनुभयो  । विप्लव तथा वैद्यसँग बाम एकता गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो  । बिचार मिल्नेहरूसँग एकता गर्न सकिने उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button