फुटबल खेलाडी नवयुगको घुँडाको सफल शल्यक्रिया

पाेखरा न्यूज । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ ।

गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’ मा चोट लागेपछि नवयुगको बिहीबार सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया भएको हो ।

एमसिएलको शल्यक्रियासँगै अव नवयुग करिब ६-७ साता मैदान बाहिर हुनुहुनेछ । स्रोतका अनुसार उहाँ करिब २ महिना मैदान बाहिर रहनुहुनेछ। ‘नवयुगको सफल शल्यक्रिया भएको छ । ६-७ साता मैदान बाहिर हुनेछन्,’ आर्मी क्लब स्रोतले भन्यो ।

योसँगै नवयुगले ३ मसिंरबाट सुरु हुने लिगको सुरुआती खेल गुमाउने हुनुभएकाे छ । साविक उपविजेता आर्मीले आफ्नो पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग खेल्दै लिगको सुरुआत गर्नेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

एन्फाले बाँकी चरणका खेल तालिका भने सार्वजनिक गरेको छैन ।

गत सिजन (२०७६ साल) अन्तिम खेलमा आर्मीलाई लिग उपाधि पहिलो पटक हात पार्न १ अंक चाहिएको निर्णायक खेलमा मछिन्द्र एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

आर्मीले अग्रप्रक्तिमा नवयुगले चोट बोकेसँगै कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिनेछ ।

नेपाल राष्ट्रिय टोलीका नियमित सदस्य नवयुगले गतसाता ब्रिगेड ब्वाईज क्लबसँग एन्फा मैदानमा भएको मैत्रिपूर्ण खेल खेल्ने क्रममा चोट बाेक्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button