प्रधानन्यायाधीशविरुद्ध देशभर आन्दोलन गर्दै नेपाल बार

पोखरा न्यूज । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आइतबार आजदेखि देशभर आन्दोलन गर्दैछ ।

यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ ।

प्रधानन्यायाधीशलाई भने सर्वाेच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम छ । जबरा गत शुक्रबार अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए ।

उपत्यका र काभ्रेबाहेकका बार इकाइले कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताउनु भयाे ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button