पाेखरामा बिजुलीकाे तार सर्ट भएर घरकाे काेठामा आगलागी

पाेखरा न्यूज । पाेखरामा आइतबार बिजुलीकाे तार सर्ट भएर आगलागी हुँदा घरकाे काेठामा रहेका सामान जलेर नष्ट भएकाे छ । आइतबार दिउसाे पाैने ३ बजेकाे समयमा कास्कीकाे  पोखरा महानगरपालिका-२७ अर्घौचोकस्थित राजेन्द्रमणि लामिछानेको घरमा बिजुलीको तार सर्ट भएर घरको दोस्रो तलाको बैठक कोठामा अचानक आगलागी भएको हाे ।

प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।  आगोलागीबाट कोठामा भएका सामानहरु जलि नष्ट भई अन्दाजी पाँच लाख बराबरको क्षति भएको जनाइएकाे छ । घटनामा मानवीय तथा पशु-चौपाया क्षति नभएको र  घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button