गण्डकीका ८ जिल्लामा आज काँग्रेस क्षेत्रीय अधिवेशन, कास्कीमा आजै मतदान

पोखरा न्यूज । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज साेमबार गण्डकी प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन शुरु हुँदैछ । प्रदेशमा मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेकाे छ ।

कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् ।

केन्द्रमा उहाँहरु दुवै नेता रामचन्द्र पौडेल समूहमा हुनुहुन्छ । थापाको टीममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरु पनि समेटिएका छन् भने केसीले पूरै आफ्नो मात्रै प्यानल बनाउनुभएको छ ।

कास्की १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणी लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४/४ जनाको उम्मेदवारी परेको छ ।

२ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोशी प्रतिस्पर्धी बन्नुभएको छ  । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र कांग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button