माओवादी केन्द्रका जिल्ला इन्चार्ज बन्जाडेको बसको ठक्करबाट मृत्यु

पोखरा न्यूज । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा पर्नुभएको थियो  ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उहाँको  बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उहाँ दाङबाट बुटवल फर्किदै हुनुहुन्थ्यो ।

बञ्जाडेलाई सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उहाँ पछाडि सवार हुनुहुन्थ्यो । दुर्घटनामा परी रानामगरसमेत घाइते हुनुभएको छ ।

बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दु:ख प्रकट गरेको छ । उहाँको  निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button