कांग्रेस लमजुङको सभापतिमा देउवा पक्षका टकराज गुरुङ निर्वाचित

पाेखरा न्यूज । नेपाली कांग्रेस लमजुङको अधिवेशनको सभापतिमा संस्थापन पक्षका डा. टकराज गुरुङ निर्वाचित हुनुभएकाे छ । प्रतिद्वन्द्वी गमप्रसाद गुरुङलाई १३२ मतले हराउँदै टकराज चार वर्षका लागि कांग्रेसको सभापति बन्नुभएकाे हाे ।

 

बुधबार बिहानीपख साढे १ बजेतिर सकिएको मतपरिणामअनुसार विजयी टकराजले ७१७ मत ल्याउनु भएकाे छ । पराजित गमप्रसादले ५८५ मत ल्याउनु भएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर गमप्रसाद गुरुङ प्यानलका साथ चुनावी मैदानमा होमिएको थियो ।

उपसभापतिमा गमप्रसादपक्षका आनन्द घिमिरेले ७०१ र टकराजपक्षका श्रीकान्त घिमिरेले ६७८ मत ल्याएर विजयी हुनुभएकाे छ । पराजित गमप्रसादपक्षका खड्गबहादुर गुरुङले ६२१ मत ल्याउनु भयाे भने भने टकराजपक्षका लोकनाथ घिमिरेले ५२८ मत ल्याएका छन् । सचिवमा टकराज पक्षका कृष्णबहादुर अधिकारीले ६६६ मत ल्याएर विजयी हुनुभएकाे छ ।

गमप्रसाद पक्षधर विमल श्रेष्ठले ६४९ मत ल्याएर सचिवमा विजयी हुनुभएकाेछ । टकराज पक्षधर नवीनचन्द्र घिमिरेले ५७९ र गमप्रसाद पक्षधर राजकुमार पाण्डेले ५९७ मत ल्याएर पराजित हुनुभयाे ।

सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङले ७३९ मतका साथ विजयी हुनुभएकाे छ । यस्तै, टकराजको प्यानलबाट विश्व पौडेलले ६०८ मत र गमप्रसाद प्यानलबाट नरबहादुर गुरुङले ७३९ मत ल्याएर सहसचिवमा विजयी हुनुभएकाे छ । पराजित टकराजपक्ष मदनसिंह घिमिरेले ५५८ मत ल्याउनु भयाे । गमप्रसाद पक्षधर सूर्यकला बराल कोइरालाले ५९६ मत ल्याउनु भएकाे छ ।

केन्द्रमा कोइराला परिवार पक्षधर शंकरकान्त जोशी–बृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेको थियो । लमजुङमा तेस्रो धार मानिएको उक्त समूहले समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको हो । कुल एक हजार ३३९ मत खसेकोमा एक हजार ३०२ मतमात्र सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button