कांग्रेसका जिल्ला सभापति र पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

पाेखरा न्यूज । नेपाली कांग्रेसका जिल्ला सभापति र अर्का पूर्वमन्त्रीसमेत भइसक्नुभएका नेताहरु पार्टीकाे महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएकाे छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएकाे हाे ।

उहाँ पुनः जिल्ला सभापतिको उम्मेदवार हुने चर्चा थियो । निर्वाचन क्षेत्रको अधिवेशनमा उहाँ पराजित भएपछि अब सभापति हुने उहाँको चाहनामा धक्का लागेको छ ।

त्यस्तै पूर्वमन्त्रीसमेत रहनुभएका शिवराज जोशी पराजित हुनुभएकाे छ । उहाँले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button