पोखराको हेम्जाका पौडेल भए एमफिलमा सर्वोत्कृष्ट, प्रधानमन्त्रीबाट पाए स्वर्ण पदक 

पोखरा न्यूज । पोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन् ।
व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परीक्षामा ३.९६ जिपिए ल्याएर सर्वोत्कृष्ट भएका थिए । काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनी विभूषित भए ।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए । प्रधानमन्त्रीले समारोहमा पौडेल सँगै अन्य २७ जना बिद्यार्थीहरुलाई विभिन्न पदक प्रदान गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा मिलन चोक स्थित साउथरका स्थानीय ३४ वर्षीय उनी पिता स्व गोविन्द पौडेल र माता मन पौडेलका कान्छा सुपुत्र हुन । पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिबिए र काठमाण्डौ पुरानो बानेस्वर स्थित एपेक्स कलेजबाट एमबिए उतिर्ण गरेका थिए । कर्ममा विश्वास गर्ने मेहनती स्वभावका पौडेल हाल पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए कार्यक्रम संयोजक छन् ।

एमबिए अध्ययन सकेर पोखरा आएका पौडेल पोखराका विभिन्न कलेज हुँदै विगत चार वर्ष देखी जनप्रियमा आबद्ध रहँदै प्राध्यापन पेसामा संलग्न रहँदै आएका छन् । पोखरामा प्राध्यापन गदै गरेका उनले अध्यापन सँगै आफ्नो अध्ययनलाई समेत अघि बढाए । मेहनतको फल मिठो हुन्छ भनेझैँ उनले नसोचेको नतिजा समेत हात पारे ।

पदक पाएपछि पौडेलले भने म फलको आशा गर्दिन तर कर्ममा भने विश्वास गर्छु, आफूले जे काम गर्न लागेको हो त्यसमा दृढ भएर लागे सफलता हात पर्ने उनको अनुभव छ । आफ्नो अध्ययन यतीमा मात्र सीमित गर्ने पक्षमा छैनन्, अध्ययन गर्न अझै बाकी रहेको उनी बत्ताउँछन् ।

उनी समयले साथ दिए केही वर्षमा पिएचडी गर्ने सोचमा छन् । बालकालमै तीन वर्षको हुँदा आफ्नो बुबा गुमाएका उनले बुबाको माया कस्तो हुन्छ भन्ने स्मरण हुने गरी अनुभव गर्न भने पाएनन् । आफ्नो सफलताको सम्पूर्ण श्रेय स्व पितालाई दिन चाहन्छन् उनी । मेरो बुबा समेत शिक्षक हुनुन्थ्यो मैले पिताको माया कस्तो हुन्छ भनेर स्मरण हुने गरी अनुभव गर्न त पाइन तर उहाँको आदर्शलाई पछ्याउने क्रममा यो सफलता हात लागेको हो ।

अबको देशको आवश्यकता रोजगारीमूलक शिक्षा रहेको भन्दै आउँदा दिनमा आफूले शिक्षा क्षेत्रमा काम गर्ने पौडेल बत्ताउँछन् । आफूले गर्न लागेको काममा मेहनत साथ लाग्दा सफलता हात लाग्ने उनको अनुभव छ । अबको देशको आवश्यकता प्राविधिक र रोजगारीमुलक शिक्षा हुनुपर्ने भनाई उनको छ । अव पढ्नको लागि पढ्न भन्दा पनि रोजगारीको लागि पढ्ने शिक्षा आवश्यक रहेकोमा उनको जोड छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button