रिवल्भर देखाएर सिक्री लुट्ने तीनजना पक्राउ

पाेखरा न्यूज । रिवल्भर देखाएर सिक्री लुट्ने तीनजनालाई नवलपरासी पूर्वबाट प्रहरीले पक्राउ गरेकाे छ । उनीहरुलाई  रिवल्भरसहित जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वको प्रहरी टोलीले साेमबार पक्राउ गरेकाे हाे ।

मोटर साइकलमा हिड्ने उनीहरुले रिवल्भर देखाएर सिक्री लुट्ने गरेकाे प्रहरीकाे भनाइ छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिमकाे रुपौलिया गाँउपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, सुस्ता गाँउपालिका–९ बस्ने  २० वर्षीय संजय गुरुङ र नवलपरासी पुर्वकाे गैडाकोट वस्ने ३४ वर्षीय आशिष सुनार रहेका छन् ।

पक्राउ परेका निजहरुको साथबाट ४ राउन्ड गोली लोड भएको १ थान रिभोल्बर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरु उपर हातहतियार खरखजना र चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button