संसदमा मेरो उपस्थिति हुँदा केपी ओलीको सातो जान्छ : माधव नेपाल

एमालेलाई ओलीको प्राइभेट कम्पनीको संज्ञा

पोखरा न्यूज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थिति हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताउनुभएको छ ।

मंगलबार पोखरामा पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले संसदमा आफू हुँदा ओलीको सातो जाने र नहुँदा कु प्रचार गर्न सक्ने बताउनुभएको हो ।

उहाँले ठट्यौली शैलीमा आफू आइतबार संसदमा जानै पर्ने नगए केपी ओलीले आफू नभएको मौका पारी संसद् छिरेर माधव नेपाल भाग्यो भनी अर्को प्रचार गर्न बेर छैन ।

‘कमसेकम मेरो उपस्थितिले केपीको सातो त गइरहेको छ नि’, अध्यक्ष नेपालले भन्नुभयो, ‘सातो जाओस् केही मतलब छैन, नेपाली जनताको सातो कायम रहनुपर्छ ।’

नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्ने, कम्युनिष्ट आन्दोलन जोगिनुपर्ने, कम्युनिष्ट आन्दोलन लोकप्रिय हुनुपर्ने, नेपाली जनताको सेवा गर्नुपर्ने र विश्वास जित्नुपर्ने आफूहरूको ध्येय रहेको उहाँको भनाई थियो ।

माधव नेपाल उपस्थिति हुने कार्यक्रममा सहभागी नभएर ओलीको सातो गए पनि आफूलाई केही फरक नपर्ने तर जनतामा सातो जान नदिने बताउनुभयो ।

उहाँले राजतन्त्रको स्थानमा ओली तन्त्र देखा परेको भन्दै ओली तन्त्र र निरङ्कुशता विरुद्ध वामपन्थी र लोकतान्त्रिक मूल्य मान्यता आत्मसात् गरेका पाँच दलसहितको गठबन्धन एक ठाउँमा उभिएको स्पष्ट पार्नुभयो ।

उहाँले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताउनुभएको छ । ‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसाथ गर्नुपर्दछ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो ।’

ओलीले नेकपा एकीकृत समाजवादीलाई शत्रु घोषणा गरेको सम्झना गर्दै ओलीले आफूहरूको अनुहार नहेर्ने भने पनि काँग्रेसको कार्यक्रममा अनुहार हेर्दै पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, नेपाली काँग्रेसको कार्यक्रममा एउटै स्टेजमा बस्न हुने, अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’

ओली समूहले संविधान र संसदीय मर्यादाको समेत उल्लङ्घन गरेको अध्यक्ष नेपालको छ । संसदमा एमालेले नारा लगाउनु हास्यास्पद रहेको भन्दै उहाँले भन्नुभयो, ‘नारा लगाउँछन् संसदीय मर्यादा पालन गर, केपी ओली गुटले मर्यादा पालना गर्‍या छ ? संविधानको सम्मान गर, संविधानको सम्मान गर्‍या छ ?’

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले एकीकृत समाजवादी पार्टी गण्डकी प्रदेशमा पहिलो पार्टीका रूपमा स्थापित हुने बताउनुभयो । अहिले जुन जुन ठाउँमा एकीकृत समाजवादी सरकारमा छ त्यहाँ जनमुखी काम भइरहेको उहाँले दाबी गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button