पाँचतले घरको तेस्रो तलामा झरेकी प्रधानकाे घट्नास्थलमै मृत्यु

पोखरा न्यूज । आफ्नै घरको तेस्रो तलामा बजारिदा गएराति  एक महिलाको मृत्यु भएको छ ।

इलाम नगरपालिका-८ को धोविधारा नजिकै पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button