विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

पाेखरा न्यूज । आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ ।

गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गर्नुभएकाे थियाे । तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन नसकेको अखिल क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा शपथ ग्रहण कार्यक्रम राखेको छ ।

गत २७ मंसिरमा  अध्यक्ष सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरे पनि विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यदेखि पूर्व अध्यक्ष रञ्जित तामाङसमेतको असन्तुष्टिको बीच अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम राख्नुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button