म्यानमारमा खानी दुर्घटनामा ७० वेपत्ता

पाेखरा न्यूज ।  उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button