‘आरआरआर’मा आलियालाई अभिनेताभन्दा सर्वाधिक कम पारिश्रमिक

पाेखरा न्यूज । फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैहुनुहुन्छ । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ ।

मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझ्नुभएकाे छ ।

फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गर्नुभएकाे छ । यो फिल्मबाट उहाँले ४५ करोड पारिश्रमिक बुझ्नुभएकाे छ।

अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गर्नुभएकाे छ । उहाँले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिनुभएकाे छ।

अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिनुभएकाे छ । निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनुहुनेछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button