अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने

पाेखरा न्यूज । युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।

चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button