मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

पाेखरा न्यूज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नामक महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाउनु भएकाे थियाे ।

१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाउनु भएकाे थियाे । झन्डा देखाएको आरोपमा उहाँलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बन्नुभएकी उहाँको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उहाँलाई गोली हानेको थियाे । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उहाँलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उहाँको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।

उहाँले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button