गण्डकी प्रदेशका मन्त्री श्रेष्ठका पिताकाे निधन

पाेखरा न्यूज ।  गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठका पिता पुननारायण श्रेष्ठको निधन भएकाे छ ।

नेपाली कांग्रेस  गण्डकी प्रदेश कार्यसमितिका उपसभापतिसमेत रहनुभएका मन्त्री मेखलालका पिता पुननारायणको मंगलबार आफ्नै निवास काठमाडौंमा ९५ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको कांग्रेस सचिव प्रेम केसीले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

सभापति देउवाले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button