९८ दिन लामो उपचारपछि माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज हुनुभएकाे हाे ।

उहाँको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए पनि उहाँ तीन दिनपछि नेपाल फर्किने हुनुभएकाे छ ।

माओवादी केन्द्रको महासचिवमा पुनको पनि दाबी भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंगो लगाउन सक्नुभएकाे छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button