पाेखरामा अवैध लागूऔषध गाँजासहित एक किशाेर पक्राउ

पाेखरा न्यूज । पाेखरामा अवैध लागूऔषध गाँजासहित म‌गंलबार साँझ एक किशाेर पक्राउ परेका छन् ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित रसुवाकाे नौकुण्ठ गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

बा.३ ख ८४५७ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button