एमालेलाई एक सिट पनि जित्न नदिने कांग्रेस नेताकाे दाबी

पाेखरा न्यूज । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकारले नै आगामी निर्वाचन गराउने बताउनु भएकाे छ।

काठमाडौंमा बुधबार आयाेजित कार्यक्रममा उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले आगामी निर्वाचन गराउने बताउनु भएकाे हाे ।

आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन रहने बताउँदै उहाँले चुनावमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गर्नुभयाे ।

‘अब हुने निर्वाचन देउवाकै नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ,’ उहाँले भन्नुभयाे ।

साथै देउवाले पार्टीभित्र पनि सबैलाई मिलाएर अघि बढ्ने यादवको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button