आज र भोली यी स्थानहरुमा वर्षा र हिमपातकाे सम्भावना

पोखरा न्यूज । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान गण्डकी प्रदेशसँगै  सुदुरपश्चि, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भएकाे छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button