पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४  घण्टामा पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button