कास्कीका युवक महिलालाई ब्ल्याकमेल गरेकाे आराेपमा विदेशबाट फर्कदा पक्राउ

पाेखरा न्यूज । कास्कीका एक युवक महिलालाई सामाजिक संजालमार्फत ब्ल्याकमेल गरेकाे आराेपमा विदेशबाट फर्कदै गर्दा अन्तरराष्ट्रीय विमानस्थलमा काठमाण्डाैंमा शुक्रबार पक्राउ परेका छन् ।

रुपा ७ सिस्नरीका ३१ वर्षीय मुक्तिनाथ खनाल भन्ने मुक्ति खनाल बैदेशिक राेजगारीबाट फर्कने क्रममा पक्राउ परेका हुन् । नेपाल प्रहरीका अनुसार बैदेशिक राेजगारीमा रहँदा खनालले सामाजिक संजाल फेसबुकमा साथी बनेर म्यासेनजर महिलाहरुलाई ललाइफकाइ प्रलाेभनमा पारी नग्न तस्वीर र भिडीयाे प्राप्त गरी श्रीमान् लगायत आफन्तजनलाई सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरेकाे आराेप छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेका अनुसार उनी विद्युतीय काराेबार  एेन २०६३ अन्तर्गत कसुर मुद्दा दर्ता फरार रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button