८० वर्षीय म्याटरेल्ला फेरि राष्ट्रपतिमा विजयी

रोम । इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुन: निर्वाचित हुनुभएकाे छ। गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बन्नुभएकाे हाे ।

 

यसअघि दोस्रो कार्यलका लागि राष्ट्रपति नबन्ने उहाँले घोषणा गर्नुभएकाे थियाे । तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उहाँलाई कर गर्नुभएकाेर् थियाे। आठौं चरणको निर्वाचनपछि उहाँ शनिवार औपचारिक रुपमा नै विजयी हुनुभएकाे थियाे ।

देशले सामाना गरेको स्वास्थ्य र आर्थिक चुनौतिलाई मनन गर्दा आफूले ‘उत्तरदायित्वको चेतना’ बोध गरेको उहाँले बताउनु भयाे । संबैधानिक अदालतका पूर्वन्यायाधीशसमेत रहेका उहाँले भन्नुभयाे, ‘मेरा व्यक्तिगत छनौट भन्दा देशका लागि सेवा बढी महत्वपूर्ण हुन्छ ।’

राष्ट्रपतिमा पुनः विजयी भएकोमा प्रधानमन्त्री ड्राघीले म्याटरेल्लाको प्रशंसा गर्दै उहाँको विजयलाई ‘इटालीका लागि उत्कृष्ट समाचार’ बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button