घुस लिएकाे रकमसहित प्रहरी नायब निरीक्षक महतो पक्राउ

पाेखरा न्यूज । लेनदेनकाे केस मिलाइदिने भनी सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिएकाे आराेपमा बाग्लुङमा नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक पक्राउ परेका छन् ।

गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ ।

उनलाई आयाेगको पोखरा कार्यालयबाट गएकाे टाेलीले मंगलबार सेवाग्राहीसँग घुस लिइसकेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

महताेले लेनदेन केस मिलाइ दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा रकमसहित विपद् व्यवस्थापन गुल्म बाग्लुङ नजिकैबाट साँझ ६:२५ बजे नियन्त्रणमा लिएकाे थियाे।

घटनाबारे थप अनुसन्धानकाे लागि पक्राउ गरिएका महाेताेलाई आयाेगकाे केन्द्रीय कार्यालय टंगाल पठाइएकाे जनाइएकाे छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. ghush kanda ta never ever control hudaina nepal ma….99% le jagir paisa kai lagi khayeka hunxan…matrai 1% ho desh ra janta ko lagi mari metni imandar ra bafadar vayera kam garni….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button