तनहुँकाे व्यासमा माओवादीका न्यौपाने र सुर्खालीको मनोनयन दर्ता

तनहुँ । व्यास नगरपालिकाको मेयर र उपमेयरमा ठुला दलको पनि मनोनयन दर्ता सुरु भएको छ ।

केहीबेर अगाडि माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराउनु भएकाे छ।

व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।

श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत हुनुहुन्रछ ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहबाट मेयर र उपमेयर दुवै उम्मेद्वारले मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । मेयरमा जोशीपुत्र दिपकराज जोशीले र उपमेयरमा नेकपा एमालेकी बसुन्धरा घर्तीले मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार पनि मनोनयन दर्ता गर्नलाई दर्तास्थलमा पुगेका छन् ।

एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठले उम्मेद्वारी दिनुहुनेछ ।

कांग्रेसबाट हालका मेयर बैकुण्ठ न्यौपानेले मेयर र इन्दिरा दरैले उपमेयरमा उम्मेद्वारी दिनुहुनेछ ।

आइतबार पनि व्यास नगरपालिकामा मेयरमा मात्र तीन जनाको उम्मेद्वारी परेको छ ।

स्वतन्त्रबाट पार्वती कार्की, विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेकाे छ ।

उपप्रमुखमा मंगोल नेशनलबाट अर्गनाइजेशनबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button