म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा । म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button