पिछडिएको वडालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नेछौं : कोपिला रानाभाट

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षमा पिछडिएका वडालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । पोखरा २४ कास्कीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले  यस्तो बताउनुभएको हो ।

‘हाम्रो पहिलो काम भनेको पोखरा महानगरपालिकामा विकासका हिसाबले पिछडिएका वडाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो । हामी पछाडी परेको वडामा विशेष किसिमले योजना बनाएर जानेछौं’, उहाँले भन्नुभयो , ‘अघिल्लो पाँच वर्षमा तपाईहरुको वडामा जसरी विकास हुनुपर्ने हो त्यो हुन सकेन तर अबको पाँच वर्षमा विकासमा पछाडि परेको वडालाई केन्द्रित गरी काम गर्नेछौं ।’

उहाँले  वडा २४ पटक/पटक धोकामा पर्दै आएको बताउनुभयो । अब गठबन्धनलाई मत दिई पुराना सहित नयाँ सपना समेत पुरा गर्ने अवसर खेर नफाल्न उहाँको आग्रह थियो ।

कास्कीकोटको नामबाट नै कास्की जिल्लाको नाम रहेको सुनाउँदै रानाभाटले कास्कीकोटलाई पर्यटकीय तथा कृषि पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिने उल्लेख गर्नुभयो । खानेपानी समस्या कास्कीकोट बासीको समस्या भएकाले त्यसको निराकरण गठबन्धन सरकारले नै गर्ने प्रतिबद्धता उहाँको  थियो ।

पोखरा महानगरबासीको गौरवताका लागि गठबन्धनले जित्नैपर्ने आवश्यकतालाई उहाँले औंल्याउनु भयो । संविधानको रक्षा र राष्ट्रियताको रक्षाका लागि गठबन्धनको खाँचो परेको भनाई उहाँको  छ ।

नेकपा एमाले प्रति कटाक्ष प्रहार गर्दै स्पष्ट बहुमत सम्हाल्न नसक्नेले अब देश बनाउने कल्पना गर्नु मुर्खता भएको उहाँले  सुनाउनु भयो  ।

नागरिक मैत्री नीति र सिद्धान्तका आधारमा नै स्थानीय तहमा गठबन्धन सरकार बन्ने उहाँको भनाई छ  । विगतको एमाले सरकारले देखाएको झुटा सपनालाई चिर्दै लैजाने र विकासको गतिलाई अगाडि बढाउने जिम्मेबारी साथ आफुहरु चुनावी मैदानमा होमिएको उहाँले बताउनुभयो  ।

निर्वाचनमा महिलाहरुको सहभागिता बढी भएको र चनाखो हुनुपर्ने अवस्था सिर्जना भएको प्रति उहाँले  ध्यानार्कषण गराउनुभयो  ।

घर मात्र नभई देश बनाउने जिम्मेबारी समेत महिलाको काँधमा आए मुलुकले आमुल परिवर्तनको दिशा तर्फ अग्रसर हुने तर्क उहाँको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button