पोखरामा झन्डै १० हजार मत गणना हुँदा धनराज ३८४ मतले अगाडि

उपमेयरमा मञ्जुको झिनो मतले अग्रता

पोखरा न्युज – पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउदै लगेका छन् ।

पोखरा महानगरको वडा नम्बर १, २,१२,२३, २४ र २५ को  नौ हजार ९९३ मत गणना हुँदा आचार्यले चार हजार ४१  मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले तीन हजार ६५७  मत ल्याएका छन् ।

बिहान ९:१५ बजे सार्वजनिक गरिएको नतिजा अनुसार राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले ५०० र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २३२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले चार हजार १११ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले चार हजार १९१ मत पाएकी छन् । राप्रपा की उम्मेदवार रन्जना कुमारी सेन पौडेलले ७६६ मत प्राप्त गरेकी छन् ।

पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button