तनहुँमा सडक भासिएको स्थानमा मृत भेटिएका दुवै जनाको सनाखत

तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ ।

शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएका दुई पुरुषको शव भेटिएकोमा सनाखत हुन सकेको थिएन ।

प्रहरीका अनुसार ज्यान गुमाउने स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् ।

उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button