मनाङको भेटेरिनरी अस्पतालको बजेट दुई करोड ३८ लाख

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९/०८० काे बजेट सार्वजनिक गरेको छ । केन्द्रका प्रमुख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८/०७९ मा भएको प्रगति विवरण र चालु आवकाे कार्यक्रम तथा बजेट बिहीबार आयाेजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको कार्यक्रम रहेको छ । विनियोजित रकममध्ये १५ लाख ७५ हजार पुँजीगत खर्चतर्फ रहेको छ भने दुई करोड २२ लाख ६९ हजार चालु कार्यक्रमकाे खर्च रहेको छ ।

चालु आवका लागि पशुपछी तथा मत्स्य व्यवसाय, पशु स्वास्थ्य, पशु आहारा प्रवर्द्धन, पशु आनुवंशिक श्रोत संरक्षण, एकीकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, सुशासन तथा पारदर्शिता कार्यक्रमलगायत कार्यक्रम रहेको कार्यालय प्रमुख कुसुमले बताए ।

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र मनाङले संयुक्त कार्यक्रम गरी चालु आवका कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा मनाङमा प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य र जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button