राष्ट्रिय खेलकुदमा सहभागी सेनाका खेलाडीको प्याग्लाइडिङबाट खसेर मृत्यु

राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको प्याग्लाइडिङ गर्दै गर्दा खसेर मृत्यु भएको छ ।

आइतबार क्रस कन्ट्री विधाअन्तर्गत प्याराग्लाइडिङ गर्दै गर्दा नेपाली सेनाका २६ वर्षीय निसिम थापा खसेका थिए । करिब सय मिटरमाथिबाट सराङकोटमा खसेका खेलाडी थापाको मृत्यु भएको हो ।

पोखरा-१० हस्पिटलचोक बस्ने थापालाई प्याराग्लाइडबाट खसेर घाइते भएपछि उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button