आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

पोखरा सभागृह हलमा भएको खेलहरुमा समग्र ५९ अंकसहित आर्मी टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जित्दा आयाजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक-एक स्वर्ण जिते ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक पनि जितेको थियो । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी एपिएफले एक स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बाग्मतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ । कर्णाली प्रदेश पदक बिहिन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै महिलाहरुले खुल्ला र महिला फिजिक खुल्लामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा गरि कुल ११ स्वर्णका लागि प्रतिस्पधा भएको थियो । २ दिनसम्म चलेको खेलमा पहिलो दिन ५ र दोस्रो दिन महिलाको २ सहित ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button