निमिसलाई समर्पित गर्दै सकियो प्याराग्लाइडिङ

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मङ्गलबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ ।

प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो । उहाँका काका भेनस थापाले पदक लिनुभयो । थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ । बीमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिनुभयो । निसिमको सम्झनामा नेपाल आर्मीको समूहले ब्यानरमा रङ्गीन तस्बीरसहित “वी वील मिस यु ….।” लेखेको छ ।

मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उहाँका परिवारलाई भेट्न गएको छ । खेलकै क्रममा दुर्घटना भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो अभ्यास खेलको नतिजालाई आधारमानेर गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिनुभयो ।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान तीन-तीन स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कूल दुई हजार सात सय ५० अङ्कसहित स्वर्ण पदक हात पारेको हो ।

विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कूल दुई हजार पाँच सय ५५.९ अङ्कसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी हुनुहुन्थ्यो । उक्त टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button